वीरगन्जको रेशमकोठीबाट यसरी बरामद गरियो २३ किलो सुन

maitrinews

 

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ५ बाट करिब २३ किलो सुन र २ किलोभन्दा बढी चाँदी बरामद भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट २२ किलो ५ सय ७६ ग्रामबराबरको सुनका तीनवटा बिस्कुट, ६ सय ८१ ग्राम बराबरको सुनका विभिन्न गरगहना र २ किलो २ सय ६२ ग्राम बराबरको चाँदीका विभिन्न भाँडावर्तन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी मनोजित कुँवरले कान्तिपुरलाई जानकारी दिए ।

उक्त अपार्टमेन्टका सुरक्षा गार्डका अनुसार त्यो फ्ल्याट बिहारको पूर्वी चम्पारन हरैया निवासी अशोक सिन्हाको भएको प्रारम्भिक जानकारी प्राप्त भएको पनि डीएसपी कुँवरले बताए ।

उक्त सुन कसको हो र कहाँ लगिँदै थियो भन्नेबारे थप अनुसन्धान भइरहेको पनि डीएसपी कुँवरले बताए ।