अमेरिकामा सन् १९५३ यता पहिलोपटक महिलालाई मृत्युदण्ड दिइने

maitrinews

 

अमेरिका । लिसा मन्टगमरीलाई डिसेम्बर ८ का दिन मृत्युदण्ड दिन लागिएको छ । अमेरिकामा झण्डै ७० वर्षपछि एकजना महिला कैदीलाई मृत्युदण्ड दिन लागिएको त्यहाँको न्याय मन्त्रालयले जनाएको छ।

लिसा मन्टगमरीले सन् २००४ मा मिसोरीमा एकजना गर्भवती महिलाको हत्या गरेर पेट चिरेर पेटभित्रको बच्चाको अपहरण गरेकी थिइन्।

उनलाई डिसेम्बर ८ का दिन इन्डियानामा प्राणघातक सुई लगाइने भएको छ।

मृत्युदण्डसम्बन्धी सूचना सङ्कलन गर्ने केन्द्र ुडेथ पेनाल्टी इन्फर्मेशन सेन्टरुका अनुसार यसअघि संयुक्त राज्य अमेरिकाले बनी हेडीलाई मिसोरीमा सन् १९५३ मा मृत्युदण्ड दिएको थियो।

दुई जना मन्त्रीहरूको हत्या गरेका ब्र्यान्डन बर्नार्डलाई पनि डिसेम्बरमा मृत्युदण्ड दिने तय गरिएको छ।

अमेरिकी महान्यायाधिवक्ता विलियम बारले भने , ती अपराधहरू जघन्य थिए।

ट्रम्प प्रशासनले गतवर्ष मृत्युदण्ड पुनः शुरू गर्ने बताएको थियो।