प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुखबीच भेटवार्ता

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ र का प्रमुख सामन्तकुमार गोयलबीच शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार प्रधानमन्त्री ओलीसँग गोयलको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध खलबलिन नदिने विषयमा छलफल भएको थियो ।
सोहीअनुसार दुई देशबीच आइपर्ने समस्याको दुई पक्षीय वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा समेत छलफल भएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।
गोयलसहित भारतीय प्रतिनिधिहरु विहिबार दिल्ली प्रस्थान गरेका छन् ।