जि पि कोइराला फाउण्डेशन अमेरिकाव्दारा दूध वितरण

 

न्युयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा। ओट्टो स्टार्जमेन सँग सहकार्य गरी १२०० ग्यालन शुद्व दुध निःशुल्क वितरण गरेको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिनु भएको छ ।

गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको क्वीन्समा रहेका समाजसेवि पल्जु शेर्पा मार्फत ८० ग्यालन, नेजसस अमेरिकाका उपाध्यक्ष अनन्त राज सुवेदि मार्फत १२० ग्यालन, ने।का। युवा नेता क्रमशः भोज राज ठोक्कर मार्फत १४० ग्यालन, विनोद सुवेदि मार्फत ८० ग्यालन, प्रेम क्षेत्री मार्फत १२०, प्रधुम्न रायमाझी मार्फत १२० ग्यालन, गोर्खा समाज अमेरिका का अध्यक्ष अन्जान श्रेष्ठ मार्फत ८० ग्यालन, सुवास के।सी। मार्फत ८० ग्षालन, दिपक गौतम मार्फत ८० ग्यालन, टेक बा। कार्की मार्फत ८० ग्यालन, पुष्कर बराल मार्फत १०० ग्यालन शुद्व दुध वितरण गरेको थियो भने बाँकी रहेको दुध यसै फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरे, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा र केन्द्रीय सदस्य सुर्य सिमखडाले आंफै नेपाली समाजमा वितरण गर्नुभयो ।

फाउन्डेसनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा र केन्द्रीय सदस्य सुर्य सिमखडा खटिएका थिए ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा। ओट्टो स्टार्जमेन लाई धन्यवाद एंव आभार प्रकट गरेको छ ।