सुरू भयो सिस्नेखोला–थानकोट सुरुङ निर्माण

maitrinews

 

काठमाडौँ । धादिङको सिस्ने खोलादेखि काठमाडौंको थानकोटस्थित टोटीटोलसम्मको सुरुङ मार्ग निर्माण सुरू भएको छ।
२ दशमलव ६८ किलोमिटर लामो सुरुङ निर्माण जापानको हाज्मा इण्डो कम्पनीले निर्माण गरिरहेको छ।

कम्पनीले ४० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको हो।

निर्माण कम्पनीले दैनिक २ सय कामदार खटाएर भए पनि काम अगाडि बढाउने जनाएको छ।

सिस्नेखोलामा पानी कटाउन कल्भर्ट निर्माण गरिएको छ। त्यहाँ सुरुङ निर्माण हुने ढोकामा चिन्ह लगाउने काम समेत गरिएको छ।

झण्डै १५ अर्ब लागतमा सुरुङ बन्न लागेको हो। सुरुङ निर्माणपछि नागढुङ्गाको उकालोमा हुने सडक जाम हट्नेछ।

काठमाडौंको थानकोटतर्फ पनि सुरुङ मार्गको प्रवेशद्वारा तर्फको काम सुरू भएको छ।

आयोजनाले दुइटा सुरुङ निर्माण गर्नेछ। एउटामा सवारी साधन सञ्चालन हुनेछ भने अर्को सुरुङ आपतकालीन अवस्थामा प्रयोग हुनेछ।