सरकार परिवर्तन गराउने खेल भइरहेका छन् : प्रधानमन्त्री

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन गर्नका लागि धेरै कोसिसहरु भइरहे पनि आफुले त्यसलाई सफल हुन नदिने बताउनु भएको छ ।

मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘यो सरकार यस्तो हुन्छ कि उस्तो हुन्छ कि फेरिन्छ कि बदलिन्छ कि भन्ने छ, धेरैले धेरै पटक धेरै प्रकारका कोशिसहरु गरे । प्रधानमन्त्री ओलीले कोही कोहीमा देशमा अस्थिरता निम्त्याउने आदात रहेको पनि उल्लेख गर्नुभयो । उहाँले प्रश्नगर्दे भन्नुभयो, तपाईहरु नै भन्नुहोस के मेैले अहिले राजिनामा दिन हुन्छ रु मैले राजिनामा दिनु भनेको देश बर्वादतिर जानु होइन । त्यसकारण म राजीनामा दिने बाला छैन । ‘म यस ठाउमा आएको मेरा रहरले होइन् । जनताको आवश्यकता र समर्थनले हो । यहा पु¥याएको जालझेल तिकडमबाट होइन, यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईहरु ढुक्क भएर काममा लाग्नुहोस्’, प्रधानमन्त्री ओलीको निर्देशन थियो ।

उहाले कोभिडसँगको लडाई गरिबीसँगको लडाई पनि जितेर समृद्धितर्फ अगाडी बढ्ने घोषणा समेत गर्नुभयो । प्रधानमन्त्री ओलीले जेमा पनि आलोचना गर्ने प्रवृत्तिहरु रहेको भन्दै त्यसबाट प्रभावित नहुन आग्रह समेत गर्नुभयो ।