प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्षको भेटवार्ता

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी हुनुभएको छ।

नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आजै भ्रमण सकाएर स्वदेश फर्कदैहुनुहुन्छ । तीन दिवशीय नेपाल भ्रमण पूरा गरी नरवणे भारतीय सेनौको विशेष विमानबाट स्वदेश फर्कन लाग्नुभएको हो । उहाँ बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नेपाल भ्रमणमा आउनुभएको थियो ।