म्यानमारको चुनावमा सुकीको दललाई बहुमत

maitrinews

 

म्यानमार । म्यानमारमा सम्पन्न आम निर्वाचनमा म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको दल नेशनल लीग फर डेमोक्रेसी एनएलडीले बहुमत प्राप्त गरेको छ।

राष्ट्रपति प्रणाली भएको म्यान्मारमा अब एनएलडीले राष्ट्रपतिको चयन र नयाँ सरकार गठन गर्नेछ।

एनएलडीलाई राष्ट्रपति चयनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३२२ सदस्य आवश्यक पर्नेमा एनएलडीले ३६१ स्थानमा विजय प्राप्त गरिसकेको छ।

मतगणना जारी रहेको ९५ निर्वाचन क्षेत्रमा पनि एनएलडीका उम्मेदवार अन्य उम्मेदवारभन्दा अगाडि छन्।