मन्त्रिपरिषद बैठकव्दारा विभिन्न निर्णय

maitrinews

 

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । आज बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उहाँको उपचारमा भएको सबै खर्च सरकारले व्यहोर्ने निर्णय भएको कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालले जानकारी दिनुभयो ।अध्यक्ष केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँ अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको अवस्थामा खतरामुक्त रहेको सो दलले जानकारी गराएको छ । पार्टीको काममा केही समयदेखि भैरहवामा रहँदा अध्यक्ष केसीलाई रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएपछि गत मंगलबार काठमाडौं ल्याइएको थियो ।

मन्त्रिपरिषद बैठकले केही कर्मचारीको सरुवा, बढुवा पनि गरेको र अरु निर्णय नियमित रहेको मन्त्री भुषालले बताउनुभयो । नियमित बैठक भएकाले कोभिड १९ समस्या र समाधान, कृषकलाई मल समस्या समाधानका विषयमा छलफल भए पनि महत्वपूर्ण निर्णयहरु खासै नभएको उहाँले जानकारी दिनुभयो ।