न्युयोर्कमा धुमधामसँग तिहार मनाइयो

maitrinews

 

क्वीन्स, न्यूयोर्क । नेपालीहरुको महान चाड तिहार दिपावलीको अबसर पारेर हामी नेपाली ग्लोबल र रोटरी क्लब अफ न्यूयोर्क क्वीन्सको आयोजनामा न्यूयोर्क, ज्याक्सन हाइट्सस्थित डाइभर्सिति प्लाजामा धुमधामका साथ दिपावली पर्ब मनाइएको छ ।
नेपाली र दक्षिण एसियाली समुदायको बाक्लो आवादी रहेको क्वीन्समा शनिबार लक्ष्मी पूजाको दिन आयोजित उक्त कार्यक्रममा अमेरिकि मुलधारका नेता तथा उम्मेदवारको उपस्थिती रहेको थियो ।
उक्त दिपावली तथा शुभकामना कार्यक्रममा आयोजक हामी नेपाली र रोटरी क्लबले विश्वलाई तहस(नहस पारेको कोरोना महामारीका बेला अमेरिकाका बिभिन्न क्षेत्रमा फ्रन्टलाइनवाट सहयोग गरेका चोङ डक बाइन( कोरिया, दीलिप चौहान(भारत, लोकनाथ सिग्देल(नेपाल र विन्नी ग्रेको( चिनलाई कोभिड १९ हिरो अवार्ड प्रदान गरेको छ ।
विश्वभर रहेका नेपालीहरुलाई जोड्ने अभियानमा निरन्तर लागिरहेको हामी नेपाली ग्लोबल र सामाजिक संस्था रोटरी क्लबले तिहारको अवसरमा विश्वभर रहेका नेपालीहरुको सुस्वास्थ्यको कामनासहित शुभकामना आदान प्रदान गरेको उक्त कार्यक्रममा एसेम्ब्लीवुमन जेसिका रोजासको उपस्थिती बिशेष रहेको थियो ।
हालैमात्र क्वीन्स बोरो प्रेसिडेन्टमा निर्वाचित डोनोभान रिचर्डससहितको सामुदायिक दिपावली गर्ने कार्यक्रम उनको कार्य ब्यस्तताले सम्भव भएन तरपनि अन्य बिसिस्ठ सामुदायिक ब्यक्तित्वको सहभागिताले उल्लासमय बन्यो, आयोजक हामी नेपालीका प्रथम उपाध्यक्ष एबम सिटी काउन्सिल डिस्ट्रिक १९ का उम्मेदवार नबराज केसीले रुपान्तरणसँग भने( यो कार्यक्रमले नेपाली सस्कृति र एकतालाई अझ उच्च बनाएको छ ।
कार्यक्रममा सिटी काउन्सिलका उम्मेदवार इनग्रिड, मौमिता र फतिमाले शुभकामनासंगै दिपावलीलाई स्टेट होली डेका रुपमा मनाउन लबिङ गर्ने स्पस्ट पारे १ त्यस्तै, क्वीन्सबोरो प्रेसिडेन्टका प्रतिस्पर्धी दाओ इनले नेपाली परम्पराको खुलेर चर्चा गरेका थिए १ कार्यक्रममा अमृत लामा, खामलाल भट्ट, पुरुशोत्तम पन्थी, श्याम कार्की, बिकास पाण्डे, शोभा कान्त पाण्डे, भुना भण्डारी, कन्चन बस्नेत, हंसराज जोशी लगायत अन्य कम्युनिटी मेम्बरले दियो प्रज्वलनसंगै शुभकामना दिएका थिए ।
नबराज केसीले सन्चालन गरेको उक्त कार्यक्रमको प्रत्पक्ष प्रशारण रुपान्तरणको फेसबुक पेजबाट गरिएको थियो ।