इराक र अफगानिस्तानबाट सेना फिर्ता गर्ने निर्णयमा रिपब्लिकनहरूकै चेतावनी

maitrinews

 

अमेरिका । वरिष्ठ रिपब्लिकनहरूले अफगानिस्तान र इराकबाट सेना फिर्ता गर्ने अमेरिकी योजनाप्रति सचेत गराएका छन्।
अफगानिस्तानमा भने सन् २००१ देखि अमेरिकी फौज रहेको छ ।

अमेरिकाले ती दुई देशमा रहेका आफ्ना सेनाको सङ्ख्या घटाएर दुई हजार पाँच सयमा सीमित गर्न गइरहेको रक्षा मन्त्रालयले पुष्टि गरेको छ।

राष्ट्रपति ट्रम्पले लामो समयदेखि सेनालाई फिर्ता ल्याउनुपर्ने आह्वान गर्दै आएका छन्।

उनले अमेरिकी सैन्य हस्तक्षेप खर्चिलो र प्रभावहीन भएको बताउने गरेका छन्।

तर आमरूपमा ट्रम्पका कट्टर रक्षकका रूपमा प्रस्तुत हुने सिनेटका प्रमुख नेता मिच मक्नेलले उक्त योजनालाई ूएउटा गल्तीू भनेका छन्।

उनले राष्ट्रपतिलाई पद छाड्नुअघि रक्षा र विदेश नीतिका सम्बन्धमा भूकम्प निम्त्याउने खालका परिवर्तन नगर्न चेतावनी दिएका छन्।

मक्नेलसहित अन्य कैयौँ वरिष्ठ रिपब्लिकनले पनि सेना फिर्तीबारे चासो व्यक्त गरेका छन्। उनीहरूमध्ये केहीले त्यसो गर्नु गल्ती हुने बताएका छन्।