संयुक्त सहकार्यमा १२० बब्स खाद्य सामग्री वितरण

maitrinews

 

फ्लसिंग, न्युयोर्क । रोटरी क्लब अफ न्युयोर्क ‘क्वीन्स’ र हामी नेपाली ग्लोबल संस्थाको पहलमा स्थानीय सरकारसॅग सहकार्य गरि कलेज प्वाइन्ट फ्लसिंंगमा खाद्य सामग्री बितरण गरिएको छ । तरकारी, दुध, चिकेन, चीज, दही र एग(मिल्कसहितको १८ पौण्ड वजन भएको प्रति बक्सको ४७ डलर मूल्य पर्ने जम्मा १२० बक्स खाद्यन्न बितरण गरिएको हो ।
कार्यक्रममा स्थानीय सरकारका प्रतिनीधि ‘कमिटि मेम्बर’ श्री नवराज केसीको सहभागितामा रोटरी क्लब अफ न्युयोर्क ‘क्वीन्स’का र हामी नेपाली ग्लोबलका प्रतिनिधिहरु गुरू पराजुली, लोकनाथ सिग्देल, योगेन्द्र अधिकारी, राजेश बस्नेत, राजेश कुमार दर्जी, कलेज प्वाइन्ट स्थित मैन्गु रेष्टुरॅाका संचालक मिस्टर रोबर्ट र सहयोगी माइकल निबौर, एन्डी चेनको सहभागिता थियो । सोहि खाद्यान्न बितरणको कार्यक्रमा पुर्ण सहयोगमा खटिएकी ‘तारा(किशन फाउण्डेसन’की संरक्षक तारा धामीको पनि सहभागिता थियो । स्थानिय होटेल ब्यवसायी मिस्टर रोबर्टले प्रत्येक हप्ता यस किसिमको स्थानिय सरकारसॅगको सहकार्य गरी गरिएको कार्यक्रम निकै प्रभावकारी र लाभदायक भएको बताउनुभयो ।