यस्ता छन् मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु

maitrinews

 

काठमाडौं । सरकारले कोभिड १९ बाट प्रभावित भएका व्यवसायलाई निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको गत कात्तिक २७ को निर्णयअनुसार आजदेखि नै लागू हुने गरी रोगको महारीबाट प्रभावित घरेलु तथा साना उद्यम सञ्चालन, विभिन्न व्यवसायको श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसायको निरन्तरताका लागि व्यावसायिक कर्जा उपलब्ध गराउने भएको हो ।

यसका लागि मन्त्रिपरिषद्ले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ पारित गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा कात्तिक २७ र मङ्सिर ३ गते भएको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले कर्जा प्रभावका लागि अति प्रभावित, मध्यम र न्यून प्रभावित क्षेत्र तोकेर तीन भागमा विभाजन गरिएको जानकारी दिनुभयो । उक्त कार्यविधि आजकै मितिदेखि लागू भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, सरकारले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्षमा उद्धवप्रसाद तिमल्सेनालाई नियुक्त गरेको छ । त्यस्तै, नेपाल कानून आयोगको सचिवमा लीलादेवी गड्तौलालाई पदस्थापन गरेको छ । राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव गड्तौलालाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी आयोगको सचिवमा पदस्थापन गरेको हो । यसैगरी, डा। लोकनाथ पौडेल र नारायणप्रसाद शर्मालाई राजपत्राकित प्रथम ९प्राविधिक० श्रेणीमा बढुवा गरेको छ । यसैगरी, नेपाली सेनाका सहायक रथी सन्तोष कुमार ढकालसहित दुई सहायक रथी र चार महासेनानीको बढुवा गरिएको छ ।

त्यस्तै, आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा ९१० बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ । यसैगरी, मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिमा आर्थिक वर्ष २०७७र७८ का लागि अधिकृतस्तरका दुई अस्थायी पदको दरबन्दी स्वीकृत गरिएको छ ।

दुई मलुकका तीन बिदेसी नागरिक निष्काशित

सरकारले गैरकानूनी रुपमा लामो समयदेखि नेपालमा वसोबास गरिरहेका अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेट र यमनका मोहम्मेद इस्माइल अम्मेद ओबाडीन र नसीम इस्माइल अम्मेद ओबाडीनलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ ।