श्रीराम सुगर मिलव्दारा किसानको रकम भुक्तानी दिन सुरु

maitrinews

 

काठमाडौँ । श्रीराम सुगर मिल्स लिमिटेडले उखु किसानहरुबाट खरिद गरेको उखुको भुक्तानी गर्न बांकी रहेको बक्यौता रकमका सम्बन्धमा पटक पटक सम्बन्धित निकायहरुमा छलफल गरी समस्या समाधानका उपायहरु अवलम्बन गर्ने तर्फ उद्योग व्यवधानका कारण उद्योगको माग बमोजिक समस्या समाधान हुन नसकेको जनाएको छ ।
यस उद्योगको स्थापनाकाल देखि नै हाम्रा उखु उत्पादक किसानहरुको अत्याधिक सहयोग र साथ पाउँदा पाउँदै पनि विभिन्न परिस्थितिका कारण उद्योग अत्याधिक नोक्सानीमा गई परिस्थितिबस हाम्रा उखु किसानहरुलाई भुक्तानी गर्न बिलम्ब भई पर्न गएको पीर मर्का तथा दुःख प्रति पूनःक्षमायाचना गरेको छ ।
यस उद्योगले भुक्तानी गर्न बांकी रहेको बक्यौता रकम भुक्तानीका लागि उद्योगको बैंक खातामा रकम जम्मा भइसकेको र भुक्तानीका लागि कारखाना स्थलमा सूचना टांस गरी सकेको अवगत गराउदै पुस ३ गते शुक्रबार देखि भुक्तानी चालु गरेको सो उद्योगले जनाएको छ ।