बालुवाटारमा सांसदहरूको भेला, प्रधानमन्त्रीको कदमको स्वागत

maitrinews

 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभामा रहेका आफू पक्षीय सांसदहरूसँग छलफल गर्नुभएको छ। सांसदहरुले प्रधानमन्त्रीको कदमको समर्थन गरेका छन् ।

आइतबार प्रतिनिधि सभा विघटनको निर्णय गरेका प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाका पनि आफू पक्षीय सांसदहरूलाई सोमबार बिहान बालुवाटारमा बोलाउनुभएको हो
ओलीइतर समूहका सांसदहरूले आइतबार अविश्वासको प्रस्ताव पनि दर्ता गराएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गर्नुभएको हो ।

साढे २ वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा पुगेपछि ओलीले आफू पक्षीय सांसदहरूसँग छलफल गर्नुभयो ।

आफू पक्षीय सांसदहरूसँग ओलीले विकसित पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे कुरा भयो ।

यसैबीच नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूको भेला दिउँसो १ बजे हुँदै छ।