कोरोना भाइरस, थुप्रै देशद्वारा यूकेको यात्रामाथि प्रतिबन्ध घोषणा

maitrinews

 

लण्डन । यूकेमा कोरोनाभाइरसको एउटा नयाँ प्रकार देखिएपछि थुप्रै देशहरूले त्यहाँको यात्रामाथि प्रतिबन्ध घोषणा गर्न थालेका छन्।

नयाँ प्रकारको भाइरस झन् सङ्क्रामक र नियन्त्रणबाहिर गएको विवरण सार्वजनिक भएका छन्।

आयरल्यान्ड, जर्मनी, फ्रान्स, इटली, द नेदरल्यान्ड्स र बेल्जियमले यूकेबाट हुने उडानहरूमाथि रोक लगाइरहेका छन्।

देश अनुसार कदमहरू केही फरक छन्। फ्रान्सेली कदमबाट युरोटनेलमार्फत्‌ हुने रेल सेवा पनि प्रभावित भएको छ।