नयाँ जनदेशका लागि चुनावमा जानुको विकल्प रहेन : प्रम

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीले प्रतिकुलताकाबीच पनि सरकारले युगान्तकारी काम गरेको बताउनुभएको छ । प्रतिपक्षीदललाई उछिनेर पार्टी भित्रकै केही नेताहरु सरकारको विपक्षमा उभिएपछि सोचिएजस्तो सरकारले काम गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो ।
देशबासीको नाममा आज सोमबार दिउँसो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रधानमन्त्रीको चयन ताजा जनादेशले गरोस्, पार्टी नेतृत्व महाधिवेशनले गरोस् भन्ने मेरो चाहना हो ।” मुलुकको नेतृत्व आर्थिक, सामाजिक समृद्धि कायम गर्नसक्ने नयाँ पुस्तामा जावस् भन्ने आफूले सोचेको पनि उहाँले प्रष्ट पार्नुभयो ।
मुलुकको जटिल अवस्थामा नियमित महाविधेशन हुन नसक्ने हो भने भनेपनि विशेष महाधिवेशन गरेर पनि पद हस्तान्तरण गर्न आफू तयार रहेको बताउनुहुँदै प्धानमन्त्री ओलीले भन्नुभयो, “उल्टै मेरो राजनीतिक चरित्रहत्या गर्नेमा केही नेताहरु लाग्नुभयो ।” पार्टी विभाजनको अप्रत्यक्ष घोषणा अर्को पक्षले गरिसकेको प्रधानमन्त्री ओलीले भन्नुभयो, “पार्टी अध्यक्ष, संसदीय दलका नेतालाई थाहै नदिई हस्ताक्षर संकलनमा लाग्नुभयो, यो पार्टी पद्धतिको विरुद्धमा छ ।”
पुस ४ गते अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमै गएर आरोपपत्र फिर्ता गर्न आग्रह गरेको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरणको प्रस्ताव पनि आफूले गरेको बताउनुभयो । “पार्टीको नेतृत्वदायी कमिटीलाई पार्टी विधान विपरितको लिकमा नजान आग्रह गरें तर त्यसलाई उहाँहरुले मेरो कमजोरीको रुपमा हेर्नुभयो” उहाँले भन्नुभयो ।
“सरकारले ऐतिहासिक कामहरु गरेको छ, नेपालको भूभाग समेटेर नयाँ नक्सा प्रकाशन भएको छ, सर्वसम्मतिकोरुपमा संविधान संशोधन भएको छ, मित्रराष्ट्र भारतसँग वार्ता भइरहेको छ । चीनसँग प्रोटोकलमा हस्ताक्षर भएको छ, यस्तो बेलामा सरकारलाई असहयोग र असफल गर्नु गम्भीर षडयन्त्र भएको स्पष्ट छैन र रु” उहाँले जिज्ञासा गर्नुभयो ।
नाकाबन्दीको साहसको साथ सामना गर्दै नेपालको पारवहन सुविधा विस्तार गरी सुनिश्चित गरेको उहाँले स्मरण गर्नुभयो । त्यतिबेला पनि सरकारलाई यसैगरी अपदस्त गरिएको उहाँले बताउनुभयो । परिस्थिति र सन्दर्भ फरक भएपनि पात्रहरु त्यतिबेला पनि त्यही भएको उहाँले बताउनुभयो । थुप्रै प्रतिकुलताका बाबजुद नेपालले तीन वर्षमा उल्लेख्य उपलब्धी हासिल गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “कतिपय क्षेत्रमा फडको नै मारेका छौं” उहाँले भन्नुभयो ।
सुशासनको क्षेत्रमा पनि सरकारले राम्रो काम गरिरहेक बेला पार्टीले सहयोग गर्नुपर्ने होइन र १ झन उल्टो बाटो रोज्नु देश र जनताको हितमा कसरी हुन्छ रु उहाँले जिज्ञासा गर्नुभयो । प्रतिपक्षले नियन्त्रण र सन्तुलनको भूमिका खेल्छ तर सत्तापक्षकै केही साथीहरु प्रतिपक्षभन्दा आक्रमक विदम्बनापूर्ण अवस्था सिर्जना गरेको बताउनुभयो । यस्तो काम कुनै पनि अर्थमा लोकतान्त्रिक हुन नसक्ने उहाँले बताउनुभयो । सरकार अफ्नै पार्टीको घेराबन्दीमा परेकोमा उहाँले गुनासो गर्नुभयो ।
“पार्टी, सरकार र संसदलाई जनताको हितमा केन्द्रित गर्ने मेरो अभियानलाई निरन्तर वाधा र अडचनको प्रयास भएपनि म यो कदम चाल्न पुगेको हुँ । संसदलाई केही नेताहरुको बन्धक बनाउनु जनादेश विपरित हुन्थ्यो, मुलुकलाई निकास दिनैपथ्र्यौ त्यसैले यो कदम चालेको हुँ” उहाँले प्रष्ट पार्नुभयो । निर्वाचनको घोषणाले पार्टी एकतालाई झन बलियो बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
“निर्वाचन लोकतन्त्रको आत्मा हो, यो सबैभन्दा उन्नत विधि हो” उहाँले भन्नुभयो । बन्द कोठामा औचित्यहिन सम्झौतामा अल्झन म उपयुक्त ठानिनँ । जनतालाई फैसला गर्न दिनु नै सबैभन्दा लोकतान्त्रिक प्रक्रिया मैले ठानें । नेपालको संविधानले सार्वभौमसत्ता जनतामा नीहित गरेको छ । जनताको राजकीयसत्ता निर्वाचन मार्फत व्यक्त हुन्छ, त्यसले लोकतन्त्रलाई सुदृढ र परिपक्व बनाउँछ उहाँले भन्नुभयो ।
मुलुक जनप्रतिनिधिविहिन छैन, राष्ट्रियसभा, प्रदेश सभा र स्थानीय तह क्रियाशील छन्, राजनीतिक नेतृत्व गरिरहेका छन्, राज्यका सुरक्षाअङ्गहरु आफ्नो कर्तव्य पालना गरिरहनुभएको छ । चार महिनापछि नयाँ प्रतिनिधिसभा गठन भइनै हाल्छ उहाँले भन्नुभयो । लोकतन्त्रको रक्षाका लागि सबै युवालाई एकतावद्ध भएर अगाडि बढ्न प्रधानमन्त्री ओलीले आव्हान गर्नुभयो ।
पार्टीको लोगो दुरुपयोग गर्दै पार्टी विभाजनको अप्रत्यक्ष घोषणा गर्नुभएको उहाँले टिप्पणी गर्नुभयो । “मुलुक अस्थिरतातर्फ धकिलिन्छ भन्ने निराधार हल्ला हो, सबैले आम निर्वाचनको तयारीमा केन्द्रित हुन म सबैमा हार्दिक अनुरोध गर्दछुँ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।