बालुवाटारमा बैठकमा नेता टोपबहादुर र मणि थापा पनि सहभागी

maitrinews

 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा ०को अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलीले बोलाउनुभएको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली पक्षको बैठक शुरु भएको हो । बैठकले आज महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

बिहान ९ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी पौने ११ बजे शुरु भएको केन्दीय सदस्य नारदमुनि रानाले जानकारी दिनुभयो । बैठकको गृहकार्यमा केही समय लागेपछि बैठक केही ढिलो भएको उहाँको भनाइ छ । हिजो सोमबार अध्यक्ष ओलीले आफ्नो पक्षका नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुलाई बिहान १० बजेपछि बालुवाटारमा छलफल गर्नुभएको थियो ।

आजको बैठकमा पूर्व माओवादी नेताहरु टोपबहादुर रायमाझी र मणि थापा अध्यक्ष ओली पक्षको केन्द्रीय कमिटी बैठकका लागि बालुवाटार पुग्नुभएको बालुवाटार स्रोतले बताएको छ । दुई पक्षको फरक फरक बैठक भएपछि नेताहरु तान्ने क्रम दुवै पक्षबाट जारी छ ।