प्रजातन्त्रको रक्षा गर्न एकजुट हुन आग्रह

maitrinews

 

न्युयोर्क । नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र नेपाली कॉंग्रेस विदेश समितिको भावी योजना एवं कार्यदिशाको बारेमा गिरिजाप्रसाद कोईराला फाउण्डेशन अमेरिका शाखाको कार्यालयमा गहन छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनगरेको प्रति फाउन्डेसनले दुःख व्यक्त गरेको छ ।

ु संसद् विघटन गरे लगत्तै नेपालको राजनीति गम्भीर मोडमा पुगेको छ भन्दै अब देश विदेशमा रहनु हुने सबै लोकतन्त्रवादीहरु संविधान र प्रजातन्त्रको रक्षाका लागि एकजुट हुनुपर्ने बेला आएको छु, गिरिजा प्रसादकोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे ले भन्नु भयो।

नेपाली कॉंग्रेस पार्टीमा दुःख र पसिना बगाएका इमानदार कार्यकर्ताहरुको ठुलो हिस्सा हाल विदेशमा रहेका छन। विदेश स्थित जनसम्पर्क समितिको विवादास्पद गतिविधि प्रति असन्तुष्ट भएर तटस्थ बसेका लाखौ नेपाली कॉंग्रेसका नेपाली नागरिक तथा गैरनागरिक कार्यकर्ताहरुलाई कसरी एकत्रित गरी दुःख, सुखको सारथी बन्ने भन्ने विषयमा पनि गहन छलफल भएको थियो।
नेपाली कॉंग्रेस पार्टीको आस्था र विचारलाई अवलम्बन गरी प्रजातान्त्रिक समाजवादमा विश्वास राख्ने आम कार्यकर्ता तथा जनसमुदायहरुलाई नेपाली कॉंग्रेस विदेश समितिमा सहभागी गराई सबैको सरकारी, गैरसरकारी र व्यक्तिगत हकहितको लागी एकतावद्ध भएर लाग्ने निर्णय पनि गरिएको छ ।
भेटघाट र छलफल कार्यक्रममा गिरिजाप्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, नेपाली कॉंग्रेस सोलुखुम्बुका युवा नेता बिजय कुमार थुलुङ, नेपाली कॉंग्रेस सिन्धुपाल्चोकका युवा नेता ज्ञानल थापा, नेपाली कॉंग्रेस बाँकेकानेता दिपक रेग्मी र नेपाली कॉंग्रेस तनहुँका नेता राम वहादुर के।सी। लगायतको उपस्थिति थियो।