चिनियाँ उच्चस्तरीय टोली आउँदै

maitrinews

 

काठमाडौं। चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आएको एक महिना नवित्दै चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय बिभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली नेपाल भ्रमणमा आउने भएको छ। चिनियाँ राजदूतावासले सो टोली आइतबार आउने जानकारी राष्ट्रपतिदेखि सरकारी उच्च अधिकारीहरुलाई गराएको छ। चिनियाँ राजदूत होउ यान्छीको प्रयास पछि पनि नेकपाको विवाद मिल्ने भन्दा पार्टी नै औपचारीक रुपमा फुट्ने अवस्थामा पुगेर नेपालको राजनीतिक घटनाक्रम उथलपुथल भएपछि यहाँको अवस्था स्थलगत रुपमै बुझ्न प्रतिनिधि मण्डल नेपाल आउन लागेको हो ।