राजदूत डा. शाक्य र तमार रिजनल काउन्सिलका मेयरबीच महत्वपूर्ण छलफल, स्मारकको त्रुटि सच्याइयो

maitrinews

 

काठमाडौँ । इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायलको तमार रिजनल काउन्सिलका मेयरबीच महत्वपूर्ण भेटघाट भएको छ। भेटघाटका क्रममा संसारको सर्वोच्च विन्दु सगरमाथा रहेको स्थान र संसारको सबैभन्दा होचो विन्दु मृतसागसर रहेको स्थान तमार नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने विषयमा छलफल भएको। सोही अवसरमा राजदूत डा. शाक्यले नेपालको सगरमाथाबाट पत्थर ल्याई स्मारक स्थापित गरिएको स्थानको समेत भ्रमण गर्नुभएको थियो । स्मारकमा हिब्रु, अंग्रेजी र नेपाली भाषाको  लेखिएको शिलालेख रहेको जसमा नेपाली भाषाको विषयवस्तु गलत थियो। हाल दूतावासले यहाँको परराष्ट्र मन्त्रालय र तमार रिजनल काउन्सिललाई शुद्ध विषयवस्तुपठाई सच्याइदिन अनुरोध गरेबमोजिम विषयवस्तु सच्याइएको छ। राजदूतावास धन्यवादका पात्र भएकाछन् ।

यस अघि कालिया समुन्द्रीतट्मा रहेका सगरमाथा सम्बन्धी गलत सूचना पनि डा. राजदूत शाक्यकै पहलमा सच्याउन सफल भएको थियो भने त्यसपछि अहिले मृत्त सागरमा रहेको शिलालेखमा भएको गलत सूचना पनि डा. राजदूतको पहलमा सच्याउन सफल भएको छ । बर्षौसम्म नेपालको सगरमाथा र नेपालसम्बन्धी गलत सूचना इजरायलको पर्यटकीय क्षेत्रमा त्यतिकै रहेपनि यस अघि कर्सैले सच्याउने ध्यान समेत दिएको थिएन । तर राजदूत डा. शाक्यले आफु बहाली भएको दुई महीना भित्रै सगरमाथा सम्बन्धी गलत सूचना सच्चाउन सफल हुनु भएको हो भने हाल मात्र मृत्त सागरमा रहेको शीलापत्र पनि सच्चाउन सफल हुनु भएको छ । यसका लागि डा. राजदूत तथा इजरायलमा रहेका राजदूतावास धन्यवादका पात्र भएकाछन् ।