अविश्वासको प्रस्ताव सजिलै सामना गर्ने – मुख्यमन्त्री राई

maitrinews

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव सजिलै सामना गर्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड माधब समूहको ३७ सांसदले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । यसपछि मुख्यमन्त्री राईले यो कदमलाई संविधान र संघीयता विरोधीको संज्ञा दिएका छन् । मुख्यमन्त्री राईले भन्नु भयो ‘सुनियोजित र विशेष ठाउँबाट परिचालित भएर प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता र अव्यवस्था निम्त्याउने, संघीयतालाई असफल बनाउने निर्देशित ढंगबाट यो अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

उनले उक्त अविश्वासको प्रस्ताबलाई सुविधाजनक बहुमतका साथ सामना गर्ने बताएका छन् । मुख्यमन्त्री राईले संघीयतापक्षधर भएका प्रदेश सदस्यहरुका कारणले आफूलाई पदबाट हताउन नसक्ने बताएका छन् । उनका अनुसार अविश्वासको यो प्रस्ताव प्रदेशलाई तहसनहस बनाउने उद्देश्यले भएकाले यसलाई असफल बनाउन बहुमत सदस्यहरुको साथ पाउने आशा गरेका छन् ।
उनले अब नेपाली कांग्रेसर्संग लगायत अरु दलसंग मिलेर सर्वदलीय सरकार बन्न सक्ने संकेत गरे ।