कोरोना भाइरस खोप युरोपेली राष्ट्रहरूमा खोप दिन सुरु

maitrinews

 

फ्रान्स । युरोपमा खोप लगाउन सुरु भएको छ
कोभिड(१९ विरुद्ध लड्नका लागि युरोपेली सङ्घ इयूले खोप दिन सुरु गरेको छ।
युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले फाइजररबायोएनटेकले विकास गरेको खोप सङ्घका २७ वटै सदस्य राष्ट्रमा वितरण गरिएको बताएकी छन्।
एक दिन पनि कुर्न नसक्ने भन्दै कतिपय राष्ट्रहरूले शनिवारबाटै खोप लगाउने काम सुरु गरेका थिए।
युरोपेली सङ्घमा हालसम्म ३,३५,००० भन्दा बढीको कोभिड(१९ का कारण मृत्यु भइसकेको छ।

१ करोड ४० लाख भन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन्। लगभग सबैजसो सदस्य राष्ट्रमा कडा प्रतिबन्धात्मक व्यवस्था लागु गरिएको छ।

कोरोनाभाइरसको अझ बढ्ता सङ्क्रामक प्रकार विभिन्न युरोपेली देशसहित क्यानडा अनि जापानमा समेत पुष्टि भएका बेला खोप लगाउन सुरु गरिएको हो।

भाइरसको नयाँ प्रकार देखिएपछि गत साताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन्।

युरोपेली सङ्घ अन्तर्गतका राष्ट्रहरूमा खोप कार्यक्रम आइतवारबाट सुरु भएको हो।

युरोपेली औषधि निकाय ९इएमए० र युरोपेली आयोगले जर्मन(अमेरिकी फाइजररबायोएनटेक खोपलाई स्वीकृति दिएसँगै खोप दिने कार्य सुरु गरिएको हो।

इयूले खोपका विभिन्न कम्पनीहरूबाट दुई अर्व भन्दा धेरै मात्रा प्राप्तिका लागि सम्झौता सुनिश्चित गरिसकेको छ।