चिनियाँ उपमन्त्रीव्दारा भेटघाट

maitrinews

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।

भेटघाटको विषयवस्तुबारे पनि केही पनि बताइएको छैन । प्रधानमन्त्रीलाई भेट्नु अगाडि उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्नुभएको थियो ।