ढुक्क भएर चुनावमा आउनुस् : प्रधानमन्त्री ओली

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ढु्क्क भएर चुनाबमा सहभागि हुन सबैलाई आह्वान गर्नुभएको छ । सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो,–‘यसपटकको निर्वाचनमा बत्ति निभ्दैन, मतपत्र च्यातिने छैन । मतपत्र च्यातेर बत्ति निभाउने भन्ने ठान्नु भएको छ भने त्यो हुन दिईदैन ।’

विगतका निर्वाचनमा हार्ने सम्भाबना बढ्दा मतपत्र गन्ने समय बत्ति निभाउने, बाक्सा साट्ने चुनाबमा धाँधली हुनेतर्फ लक्षित गदै प्रधानमन्त्री ओलीले भन्नुभयो,‘अहिलेको निर्वाचन शान्तिपूर्ण हुन्छ, बाक्सा साट्न पाइदैन, मतपत्र च्यातन पाइदैन स्वच्छ निर्वाचन हुन्छ ।’
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल प्रचण्डको सामान्य कार्यकर्ता मात्रै भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता मात्रै हो ।’

उहाँले भन्नुभयो, मलाई पदको लोभ छैन भन्ने तर उधारो हुँदै नहुने माधव नेपालको वारेमा के कुरा गर्नु ?’