राष्ट्रियसभाका एक सांसद र पाँच कर्मचारीलाई कोरोना संक्रमण

maitrinews

 

काठमाडौं । राष्ट्रियसभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आजदेखि सुरु हुन लागेको राष्ट्रियसभाको हिउँदे अधिवेशनअघि कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जनाएको छ ।

बिहिबार राष्ट्रियसभाका ४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएको थियो । कोरोना परीक्षण गरिएकोमा ६ जनामा भाइरस पुष्टि भएको हो । कोरोना जाँचको रिपोर्ट आज आएको हो।

राष्ट्रियसभाको हिउँदे अधिवेशन आज अपराह्न ४ बजेदेखि सुरु हुँदैछ।

एक जना सांसद र कर्मचारीलाई कोरोना संक्रमण देखिएपनि अधिवेशन भने हुनेभएको छ । कोेरोना पुष्टि भएकाहरु अधिवेशनमा नल्याई अधिवेशन गर्न लागिएको संसद सचिवालयले जनाएको छ ।