विद्यालय खोल्न हतार नगर्न सुझाव

maitrinews

 

काठमाडौँ । कोरोनाभाइरस सङ्क्रमण फैलिने जोखिमका कारण विगत १० महिनादेखि बन्द रहेका विद्यालयहरू भौतिक रूपमै खोल्ने तयारी सरकारले गरिरहेका बेला अभिभावक महासङ्घ र जनस्वास्थ्यविद्हरूले हतार नगर्न सरकारलाई भनेका छन्।

कोभिड १९ रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समितिले अवस्था सहज बन्दै गएको भन्दै स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्नका लागि आइतवार सरकारलाई सिफारिस गरेको छ।

मन्त्रिपरिषद्‌ले निर्णय गरेसँगै उक्त सिफारिस कार्यान्वयनमा आउनेछ र विद्यार्थीहरू विद्यालयमै गएर पढ्न पाउनेछन्।

तर जनस्वास्थ्यविद्ले भने सरकारले सङ्क्रमणको जोखिम यथावत् रहेको र विभिन्न मुलुकमा कोरोनाभाइरसको नयाँ प्रकार देखिएका बेला विद्यालय खोल्न हतार गर्न नहुने बताएका छन्।