हिउँदे वर्षा र हिमपातले चिसो बढ्यो

maitrinews

 

काठमाडौँ  । हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । वर्षा र हिमपात बुधबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर बदली भई हल्का बर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनसार आज देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू९भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

दिउँसो स् देशभर सामान्य बदली रहने छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू(भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न। १ को भू(भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

राति स् देशभर आंशिक देखि सामान्य बदली रहि सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू(भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।

दिउँसो स् देशको सुदुर(पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति स् देशको पहाडी भु(भागमा आंशिक बदली रहि एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

दिउँसो स् देशको पहाडी भु(भागमा आंशिक बदली रहि अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भू(भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति स् प्रदेश न १ र सुदुर(पश्चिम प्रदेशमा आंशिक बदली रहि अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भू(भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।