भारत र चीनबीच मध्यस्थता गर्न तयार छु : प्रधानमन्त्री ओली

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनबीच विवादित क्षेत्र गलवानका बारेमा नेपाललाई कुनै लेनादेना नभएको बताउनुभएको छ। भारतीय न्यूज च्यानल ‘जी न्यूज’सँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुकबीचको विवादमा नेपाललाई कसैको पक्ष वा विपक्षमा लाग्न जरुरी नरहेको स्पष्ट गर्नुभयो ।

उहाँले भारत र चीनबीच जारी सीमा विवाद समाधानका लागि आफूले मध्यस्थता गर्न सक्ने बताउनुभयो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वार्ताका लागि आफूले मध्यस्थता गर्न सकिने ओलीको भनाइ थियो । दुई छिमेकीबीच समस्यारहित सम्बन्ध नेपालले चाहेको प्रधानमन्त्री ओलीले प्रस्ट पार्नुभयो।