देउवाद्वारा प्रचण्ड–नेपालको प्रस्ताव अस्वीकार

maitrinews

 

काठमाडौं । प्रधानमन्त्रीको ‘ललिपप’ देखाँउदै काग्रेंस सभापती शेरवहादुर देउवालाई भेट्न पुगेका प्रचण्ड–नेपाल अन्तत खिन्न हुनुपरेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देउवासामु राखेका तीन वटै प्रस्तावलाई सभापती देउवाले अस्वीकार गरेपछि उनीहरु खिन्न हुनुपरेको हो ।
अध्यक्षद्वय प्रचण्ड–नेपाल बुधबार साँझ देउवा निवास बुढानीलकण्ठ पुगेर प्रतिनिधिसभा पुनःस्थापनालाई प्रमुख राजनीतिक एजेन्डा बनाउन, संयुक्त संघर्ष गर्न र दीर्घकालीन राजनीतिक सहमतिका साथ अघि बढ्न गरेको प्रस्तावलाई सभापति देउवाले अस्वीकार गर्नुभएको हो ।

देउवाले सर्वोच्च अदालतले गर्ने फैसलापछि कसरी जाने भन्ने विषयमा कांग्रेसले नीति तय गर्ने भन्दै उनिहरुलाई फर्काउनुभएको बताईन्छ ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रचण्ड–नेपालका तर्फबाट तीन प्रस्ताव राखेको र सभापति देउवाले अस्वीकार गर्नुभएको बताउनुभयो ।

बुधबार साँझ ६ बजेबाट दुवै पक्षबीच ४५ मिनेट कुराकानी भएको थियो ।बैठकमा प्रचण्ड–नेपालले प्रदेश सरकारमा पनि सहकार्य गर्ने प्रस्ताव ल्याए पनि देउवाले त्यस विषयमा पनि कुनै ठोस जवाफ नदिनुभएको बताईन्छ ।