हिमाल आरोहणमा १० नेपालीले रचे इतिहास

maitrinews

 

काठमाडौँ । १० नेपालीको एक समूहले इतिहास रचेका छन् । उनीहरुले चिसो मौसममा संसारको दोस्रो अग्लो पर्वत ‘माउन्ट केटु’ को आरोहण गरेर विश्व रेकर्ड स्थापित गरेका हुन् ।

कारकोरम रेन्जको यो पर्वतलाई यो महिनामा आरोहण गर्न यसअघि कोही पनि सफल भएका थिएनन् । समूहका एक सदस्य निम्स दाइ पुर्जाले उनी स्थानीय समयानुसार बेलुका पाँच बजे पर्वतको शिखरमा पुगेको जानकारी दिए ।

यो चिसो मौसममा दर्जनौं पर्वतारोहीले ८,६११ मिटर अग्लो पर्वत आरोह गर्ने आशा गरेका थिए । तर यसै सप्तान्हन्तमा स्पेनका पर्वतारोहीको आरोहणका बेला चिप्लिएपछि उनको मृत्यु भएको थियो ।

सगरमाथाभन्दा केटु २ सय मिटरमात्रै होचो छ । यो कारकोरम पर्वत श्रृङ्खलाको पहाड हो जुन पाकिस्तान–चीनको सीमामा फैलिएको छ ।

लामो समयदेखि यो पर्वतलाई सबैभन्दा खतरनाक मानिँदै आएको छ । अमेरिकी पर्वतारोही जर्ज बेलले सन् १९५३ मा यो आरोहण गर्ने कोसिस गरेका थिए र उनले यसलाई एक खतरनाक पहाडको संज्ञा दिँदै यसमाथि चढ्ने कोसिस गर्नु मृत्युलाई आमन्त्रण गर्नु बताएका थिए ।