प्रमव्दारा पशुपतिमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्नुभएको छ । धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब ८ बजे पशुपतिनाथ मन्दिर पुगेका ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालले जानकारी दिनुभयो ।
सो अवसरमा उहाँले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिनुभएको थियो । पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उहाँले कोषका पदाधिकारीलाई निर्देशन दिनुभयो ।