टेकु अस्पतालका प्रमुखलाई पहिलो कोरोना खोप

maitrinews

 

काठमाडौं । कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन सुरु गरिएको छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेपछि खोप लगाउने अभियान शुरु भएको हो ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा।सागरराज भण्डारीले पहिलो खोप लगाउनुभएको थियो । त्यसपछि डा।अनुप बास्तोला र तेस्रो खोप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक रुना झाले कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको थियो ।