काठमाडौँ । नेकपा निकट राष्ट्रिय युवा संघले बुधबार मोटरसाइकल र्याली निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा बालकुमारीबाट निकालिएको र्यालीले सातदोबाटो, जावलाखेल, थापाथली, दरबारमार्ग, जयनेपाल, कमलपोखरी हुँदै नगर परिक्रमा गरेको थियो । र्याली एयरपोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत भएको संघले जनाएको छ ।
सहभागीले प्रधानमन्त्री ओलीका पक्षमा नारा लगाए । त्यस्तै उनीहरुले सरकारले घोषणा गरेको निर्वाचनलाई स्वागत गर्नुपर्ने बताएका छन् । नेकपाको ओली पक्षले यही २३ गते काठमाडौंमा विशाल सभा गर्ने तयारी गरेको छ ।