प्रचण्ड नेपाल समूहको आमहडतालमा आगजनी र तोडफोड

maitrinews

 

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहले आव्हान गरेको देशव्यापी आमहड्तालले जनजीवन प्रभावित भएको छ ।
उपत्यकामा कम संख्यामा सार्वजनिक यातायातका साधन सञ्चालनमा रहेको र अवरोध गर्न खोज्न करीब ८० जनालार्ई पक्राउ गरीएको केन्द्रिय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले बताउनुभयो ।
राजधानी बाहिर हेटौंडा, नारायणगढ लगायतका क्षेत्रमा सञ्चालित सवारी साधन तथा ट्रकमा ढुङ्गा प्रहार भएको र विहान काठमाडौंको समाखुशीमा ट्याक्सीमा आगजनी भएको उहाँले बताउनुभयो ।
उपत्यकामा माइक्रोबस लगायतका सार्वजनिक सवारी साधनमा प्रहरी खटाइ सुरक्षा दिइएको र केही सार्वजनिक यातायात सञ्चालनमा रहेको बताउनुभयो ।
संवैधानिक निकायमा भएको नियुक्ति लगायतका विषयलाई लिएर सो समूहले आज देशभर आमहड्तालको घोषणा गरेको हो ।