अराजक तत्वलाई चिडियाखानामा लगेर बन्द गरिनेछः गृहमन्त्री थापा

maitrinews

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुकमा असाधारण परिस्थिति सिर्जना हुनुको पछाडि राजनीतिक सत्ता, नेतृत्व र प्रश्नसित जोडिएको बताउनुभएको छ ।
नेकपा बागमति प्रदेशद्वारा शुक्रबार दरवारमार्गमा आयोजित बृहत आमसभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । घटनाको कारणलाई ठीकसँग बुझेर मात्र त्यसको सामना गर्न सकिने हुनाले परिस्थिति बुझेर त्यसको सामना गर्ने काम भइरहेको बताउनुभयो । “राजनीतिक सत्ताको केन्द्रीय सत्ता भनेकै प्रधानमन्त्रीसँग जोडिएको हुन्छ, त्यो पार्टीको अध्यक्षसँग जोडिएको हुन्छ” नेता बादलले भन्नुभयो, “यो अवस्था उत्पन्न हुनुको पछाडि पदबाट विस्थापित गर्ने षडयन्त्रसँगै जोडिएको छ, यसलाई हामीले बुझ्नुपर्छ ।”
पार्टीको अध्यक्षलाई, प्रधानमन्त्रीलाई केही तत्वले अपदस्थ गर्न खोज्दा परिस्थिति सिर्जना भएको बताउनुहुँदै उहाँले राष्ट्रपतिलाई विस्थापन गर्न खोज्ने षडयन्त्रका कारण यो अवस्था सिर्जना भएको चर्चा गर्नुभयो । यसको सामना गरेरै मात्र राजनीतिक शक्ति हासिल गर्न सकिने र संविधानको रक्षा गर्न सकिने उहाँले बताउनुभयो । अहिलेसम्म प्राप्त उपलब्धीको रक्षा गर्न र मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न आफूहरुको अभियान रहेको उहाँले बताउनुभयो ।
“प्रतिगमनकारी तत्वहरुले सबै प्रकारका षडयन्त्र र भ्रमको सहारा लिइरहेका छन” गृहमन्त्री बादलले भन्नुभयो, “अस्थिरता कायम गर्न खोज्ने नेतृत्वले आत्मसमर्पन नगरे तिनीहरुलाई जनताको बलमै असफल बनाइने छ, मांसाहारी आन्दोलन गर्ने गर्नेहरु कानुनतः दण्डित हुनेछन ।” अपराधीहरुलाई जाउलाखेलको चिडियाखानामा लगेरु बन्द गरिने उहाँले चेतावनी दिनुभयो ।
आगामी निर्वाचनमा अग्रगमन चाहने शक्तिलाई नै जनताले विजय बनाउने विश्वास गर्नुहुँदै गृहमन्त्री थापाले नारायणहिटी अगाडिको आमसभाले गणतन्त्रको रक्षा गर्न आफूहरु लागिपरेको सन्देश दिएको बताउनुभयो । देशलाई प्रतिगमनमा लग्न खोज्ने तत्वहरुलाई कुनै हालतमा परास्त गरेरै छाड्ने उहाँले चेतावनी दिनुभयो । गणतन्त्रको रक्षा र सुदृढीकरणकालागि आमसभाको आयोजना गरिएको उहाँले बताउनुभयो ।
स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले बुद्धको देशमा दुई चारजना जोकरहरुले अँध्यारो ल्याउन खोजेपनि केही फरक नपर्ने बताउनुभयो । देशको समृद्धिका लागि ओली नेतृत्वको सरकारले काम गरेपनि अवरोध खडा गरी विथोल्न खोजेको बताउनुभयो । सरकारलाई मधेसी, जनजाति, थारु, पछाडि परेका वर्ग सबैको सम्मान र सहयोग रहेको उहाँले चर्चा गर्नुभयो ।
राष्ट्रिय सभाका सदस्य तथा केन्द्रीय सदस्य पार्वती रावलले सरकारले देशको समृद्धिको पक्षमा काम गर्दागर्दै केही तत्वहरुले अवरोध गर्दा मुलुकमा समस्या निम्तिन थालेको बताउनुभयो । सबै आम नेपालीले आफ्नो भविष्य खोजिरहेका बेला त्यसमा साथ दिन सरकार प्रतिवद्ध भएर लागेको भएपनि विभिन्न बहानामा अवरोध गर्नेकाम भइरहेको चर्चा गर्नुभयो ।
मजदुर नेता विनोद श्रेष्ठले नेपालको झण्डासहितको बेलुन सभा स्थलमा उडाउनुभएको थियो । आमसभामास्थल कार्यकर्ताले खचाखच भरिएको थियो । सोअघि विभिन्न क्षेत्रकाट नारासहित ¥याली प्रदर्शन गरिएको थियो ।