विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

maitrinews

 

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हालका निमित्ति हितेन्द्रदेव शाक्यलाई चार वर्षका लागि नियुक्त गरेको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले शाक्यलाई प्राधिकरणको नेतृत्व जिम्मा लगाएको हो ।
यसअघिका प्रबन्धक निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि शाक्यलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको थियो ।