बुटबलमा नेकपाको विशाल आमसभा

maitrinews

 

बुटबल । नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज बुटवलमा बिशाल आमसभा गरेको छ । आमसभाको जुलुस यहाँका तीन स्थान हुँदै सभास्थल शिद्धेश्वरी माविको प्रङ्गाणमा प्रवेश गरेको थियो ।

आमसभालाई नेकपाअध्यक्ष तथा प्रथानमन्त्री केपी शर्मा ओली, महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेल, मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतले सम्वोधन गर्नुभएको छ ।
सम्बोधनका क्रममा उहाँहरुले पार्टीभित्रैबाट सरकारलाई असहयोग भएकाले ताजा जनादेशका जानुपरेको बताउनुभयो ।