संसद् विघटन संविधानको मूल मर्म अनुसार : वरिष्ठ अधिवक्ता कार्की

maitrinews

 

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूमाथिको सुनुवाइका क्रममा ुएमिकस क्युरीुु ९अदालतको सहयोगी०का रूपमा राय पेश गर्दै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संसद् विघटन ‘चेक एण्ड ब्यालेन्स तथा संविधानको मूल मर्म अनुसार हुने बताउनु भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा राय पेश गर्दै वरिष्ठ अधिवक्ता कार्कीले साइलेन्ट बसेका प्रतिनिधि सभा विघटनसम्बन्धी धारा ७६ र ८५ लाई अदालतको व्याख्याले एक्टिभेट गर्नुपर्नेसमेत बताउनुभयो । ‘धारा ७६ र ८५ साइलेन्ट बसेका छन्, यिनीहरूको व्याख्या इजलासले गर्नुपर्छ,’ वरिष्ठ अधिवक्ता कार्कीले भन्नुभयो ।

संविधानका विभिन्न धारामा विघटन भन्ने शब्द उल्लेख रहेपनि कसले विघटन गर्ने गराउने भन्नेबारेमा थप व्याख्या आवश्यक रहेको उहाँको भनाइ थियो । वरिष्ठ अधिवक्ता कार्कीले संविधान लेख्दा संसद विघटनको सन्दर्भमा केही कुरा छुटेको भन्दै अब अदालतले व्याख्या गर्नुपर्ने बताउनुभयो । अलिकति पनि तलमाथि व्याख्या गर्दा संवैधानिक बाधा आउन सक्ने उहाँको भनाई थियो ।

कार्कीले प्रतिनिधिसभा विघटनपछि गम्भीर संवैधानिक विवाद आएको र संविधान बनाउनेले नै अभ्यास गरेर उनीहरुले नै संविधान समाप्त हुन लाग्यो भनेर आन्दोलनमा उत्रिएको स्मरणसमेत इजलासलाई गराउनुभयो । उहाँले भन्नुभयो, ‘यस इजलासबाट हुने फैसलाको गाम्भिर्यता म विशाल देख्छु ।’

आजदेखि अदालतमा एमिकस क्युरी ९अदालतको सहयोगी०ले राय पेश गरिरहनुभएको छ । एमिकस क्युरीमा ५ सदस्य हुनुहुन्छ । एमिकस क्युरीको रूपमा बद्रीबहादुर कार्की, शतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक हुनुहुन्छ।