प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देश संकटमा : विप्लव

maitrinews

 

बुटवल । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् ।

गृह जिल्ला कपिलवस्तुको शिवगढीमा पार्टी निकट महिला संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले गलत बाटो रोजेको र त्यसैको परिणाम अहिलेको राजनीतिक परिस्थिति उत्पन्न भएको तर्क गरेका हुन् ।

माओवादी र एमालेको एकताबाट झण्डै दुई तिहाइको सरकार बने पनि प्रचण्ड गलत बाटोमा भएका कारण नेकपामा संकट आएको दावी गरे । उनले बाबुराम भट्टराईले पनि गलत बाटो लिएकाले मधेशवादी दलको नेता बन्न पुगेको टिप्पणी गरे ।

विप्लवले पुँजीवादी व्यवस्था असफल भएको जिकिर गर्दै वैज्ञानिक समाजवाद र पुँजीवादी व्यवस्थाबीच कुन ठीक भनेर जनमत संग्रह गर्नुपर्ने माग गरेका छन् ।
विप्लवले जनयुद्धका शहीदहरूको सपना पूरा नभएको र शहीद तथा बेपत्ता परिवारले न्याय नपाएको बताए ।