ओलीकै सरकार दुई वर्ष टिकाउँछौँ : झलनाथ खनाल

maitrinews

काठमाडौं । सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब यही सरकारलाई दुई वर्ष टिकाउनुपर्ने बताउनुभएको छ ।

आज संसद बैठक सकिएपछि बाहिरिने क्रममा उहाँले वर्तमान सरकार टिकाउनेमा नै लागिरहने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी अब एमाले भयौं । संसदमा विभिन्न राजनीतिक खेलहरु हुनेछन् । म एमालेको वरिष्ठ नेताको हैसियतले भन्नुपर्दा जे जे खेलहरुबाट यो विभाजित भएको भए पनि या हाम्रा आफ्ना मिस्टेकले भएको भए पनि हामी यो ठाउँमा आइपुगेका छौँ अब हाम्रो पार्टी सरकार जोगाउनेतिर लाग्छ ।’
यो सरकारले दुई वर्षको कार्यकाल राम्रोसँग पूरा गर्नुपर्ने उहाँले बताउनुभयो ।