प्रम ओली र बरिष्ठ नेता नेताबीच छलफल जारी

maitrinews

 

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता भइरहेको छ । अहिले पार्टी कार्यालय धुम्बाराहीमा उहाँहरुबीच भेटवार्ता भएको हो । ओली र नेपालबीच चार महिनापछि भेटवार्ता भएको हो । भेटवार्तामा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनुहुनेछ । त्यस्तै अर्को पक्षबाट माधव नेपालसहित नेता सहभागी हुनुभएको छ ।गएको २५ कात्तिकमा आफू निकट नेताहरु सहित बालुवाटार पुगेर नेपालले ओलीलाई भेट्नु भएको थियो । त्यसपछि एक्लाएक्लै भेटवार्ता भएको थिएन ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजनपछि भने उहाँहरुबीच आरोप प्रत्यारोप भएको छ । दुई पक्षको भेटवार्ता गरी सहज वातावरण बनाउन प्रधानमन्त्रीओलीले भोलि चियापान कार्यक्रम राख्नुभएको छ ।