कर्णाली करिडोर निर्माणले गति लिँदै

maitrinews

हुम्ला । कर्णाली करिडोर निर्माणका लागि आबश्यक बिष्फोटक पदार्थ जिल्लामा पुर्याइएको छ । बिष्फोट पदार्थ सकिएर करिडोरको निर्माण कार्य प्रभाबित भएको बेला उक्त बिष्फोटक पदार्थ जिल्लामा पुर्याइएको हो ।
सुर्खेतबाट नेपाली सेनाको जहाजबाट बिष्फोटक पदार्थ आई पुगेको हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख सुन्दुसदास लामाले बताउनुभयो ।
आयोजनाका चार वटा योजनाको निर्माण कार्य बिष्फोटक पदार्थको अभाबले बन्द भएको बेला निक्कै प्रयासका बाबजुद बिष्फोटक पदार्थ आई पुगेको उहाँले बताउनुभयो ।
सेनाको जहाजले दुई फ्लाईट गरेर सिमकोटका ओसारेको हो । गत फागुन १२ गते उक्ट जिलेटिन काठमाडौंबाट सुर्खेत आई पुगेको भए पनि सेनाको जहाजको ब्यबस्था हुन नसक्दा सुर्खेतमै रोकिएको थियो । निर्माण कम्पनीले यसअघि नै ढुवानीका लागि आबश्यक १७ लाख रकम सेनाको खातामा जम्मा गरेको थियो ।