गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरको निशुल्क खाधान्न वितरण कार्यमा सहकार्य

maitrinews

न्युयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले मंगलवार, मार्च १६, २०२१ का दिन निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरोस्थित क्वीन्स टुगेदर संस्थाका सह(संस्थापक जनाथन फरगास र क्वीन्सकै सबैभन्दा पुरानो ल्याटिनो संस्था, स्थापना भएको २५ बर्ष डोमिनोअमेरिका ले निशुल्क खाधन्न वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यमा फाउण्डेशनलाई स्वयंसेवकका लागी सहकार्य गर्न अनुरोध आएकोमा खाधन्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः यसै फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्यहरु क्रमशस् रामचन्द्र अधिकारी, राजेश आचार्य, प्रेम क्षेत्री अधिकारी र ध्रुव कुवॅंर क्षेत्री खटिनु भएको थियो । कार्यक्रममा क्वीन्स कुरियरका पत्रकार गेब्रीयल होल्टरमेनकोको पनि उपस्थिती रहेको थियो।

स्वयंसेवकका लागी सहकार्य गर्न अनुरोध गर्नुभएकोमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले क्वीन्स टुगेदर संस्थाका सह(संस्थापक जनाथन फरगास, डोमिनो अमेरिकन संस्थाका कार्यकारी निर्देशक होजे तेहादा र क्वीन्स डेमोक्र्याटिक पार्टीकी नेत्री याना रोद्रीगोएजलाई धन्यवाद एंव आभार प्रकट गरेको छ ।