गस्ती गर्दै ९१ वर्षीय प्रहरी

maitrinews

 

अमेरिका । एलसी बक्सट स्मिथ अहिले ९१ वर्षका भए। उनी विगत ५६ वर्षदेखि अमेरिकाको प्रहरी सेवामा कार्यरत छन्। उनी आर्कान्सास्थित एउटा सानो सहरमा बस्छन्। अमेरिकामा कार्यरत प्रहरीमध्ये पाका रु इमानदार प्रहरी स्मिथले आफू सक्रिय जीवन बाँचिरहको बताउँछन् । उनी सबैलाई प्रेम गर्छन् । सकेसम्म अरुलाई सहयोग गर्छन् । निरन्तर कामले उनलाई दीर्घजीवी बनाएको छ । अब कहिले अवकास लिने भनेर उनलाई धेरैले सोध्ने गर्छन् । उनी ईश्वरले नबोलाएसम्म प्रहरी सेवालाई निरन्तरता दिने पक्षमा छन् ।