कृषि फार्ममा आगलागी : २० वटा गाई मरे, ३० वटा हराए

maitrinews

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित कृषि फार्ममा आगलागी हुँदा २० वटा गाई जलेर मरे भने ३० वटा गाई हराएका छन् ।

गाउँपालिकाको वडानम्बर ५ स्थित कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीले उक्त फार्ममा पालिएको ६० मध्ये २० वटा गाईको जलेर मृत्यु भएको छ । १० वटा गाई घाइते भएको र ३० वटा हराइरहेको फार्मका संचालक मनोज कुमार साहले बताउनुभयो ।