हटाइयो सातदिन होटल क्वारेन्टाइन बस्नैपर्ने व्यवस्था

 

काठमाडौं । सरकारले विदेशबाट आउने पर्यटकलाई क्वारेन्टिनमा बस्नु नपर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले खोप लगाएका तथा ७२ घण्टाको रिपोर्ट ल्याउने पर्यटक क्वारेन्टाइनमा बस्नु नपर्ने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले क्वारेन्टाइन व्यवस्थाले विदेशी पर्यटक आउन अप्ठ्यारो भएको भन्दै नेपाली पर्यटन व्यवसायीले हटाउन माग गर्दै आएकाले यस्तो व्यवस्था हटाइएको बताउनुभयो ।

मन्त्रिपरिषदले पर्यटकहरुका लागि सहज प्रवेशको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनराइभल भिसा दिनेसमेत निर्णय गरेको छ।

यसअघि सरकारले विदेशबाट आउनेलाई सात दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था लागू गरेको थियो।