एउटै चित्रको करोडौँ डलर

maitrinews

 

बेलायती कलाकार बिपलले ब्लकचेनमार्फत् एनएफटी भनिने विशिष्ट पहिचान र स्वामित्व पाएको एउटा डिजिटल कला बेचेर छ करोड ९० लाख डलर कमाए । उक्त बिक्रीका कारण ब्रिटेनको लिलाम बढाबढ गर्ने संस्था क्रिस्टीले उनलाई जीवितमध्ये सबैभन्दा बढी मूल्य भएका तीन कलाकारमा राखेको छ। कलाकारहरूले क्रिप्टोकला भनिने अभूतपर्व र तीव्र रूपमा विस्तार भइरहेको डिजिटल कलाकृति बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन्। एनएफटी डिजिटल प्रमाणपत्र जस्तै हो जसले कुनै पनि सम्पत्तिमा कसको स्वामित्व छ भन्ने प्रमाणित गर्छ। क्रिप्टोकलाको विश्वमा प्रत्येक प्रमाणपत्रले कलाको आधिकारिक स्वामित्वको प्रतिनिधित्व गर्छ।
बिटक्वाइनजस्ता डिजिटल मुद्रा अस्तित्वमा रहने ब्लकचेन भनिने प्रविधिमा क्रिप्टोकला पनि पर्छ। त्यसमा सर्जक, विक्रेता र विक्री भएको मितिजस्ता विवरण समाविष्ट गरिन्छ।
यसको अर्थ उक्त कलाकृतिको प्रतिलिपि अनलाइनमा जो कोहीले हेर्न सक्छन् तर एनएफटीमा त्यसलाई खरिद गरेका व्यक्तिले मात्रै त्यो आफ्नो स्वामित्वमा रहेको बताउन सक्छ।
एनएफटी बिक्री गरेर आफ्नो जीवनमा ठूलो परिवर्तन आएको कलाकार एलना एड्जिन्टन बताउँछिन् । उनले एनएफटीको संसारबारे थाहा पाउनुअघि आफू ऋणमा फसेको बताउँछिन्। कलामा संलग्न भए पनि अन्तर्मुखी स्वभावका कारण आफ्नो सिर्जनालाई ग्यालरीसम्म पुर्‍याउन नसकेको उनी बताउँछिन्। बरु उनी आफ्ना तीन सन्तान हुर्काउन, जागिर खान र बागवानी विषय लिएर अध्ययन गर्न लागिन्।
संसारकै महँगो चित्रकला कहिले सार्वजनिक होला
भ्यान गखको प्यारिस चित्रकला पहिलो पटक प्रदर्शनीमा
क्यान्भास चित्रकला अनलाइन माध्यमबाट विक्री गर्न सकिने थाहा पाउँदा एलनालाई ५०० डलरसम्म कमाउन सकिएला कि भन्ने लागेको थियो।
आफ्नो पहिलो अनलाइन लिलाम बढाबढमा उनले १६ वटा चित्र विक्री गरेर ७९हजार५०० डलर कमाइन्। त्यसबाट उनी खुसी नहुने कुरै थिएन। त्यसपछि उनको कमाइ बढ्यो ।