ग्यास सिलिन्डर पड्किँदा ६ जना घाइते

maitrinews

 

भक्तपुर । भक्तपुरको एक होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्।

सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर मम एन्ड चिकेन हाउसमा आइतबार ग्याँस सिलिन्डर पड्केर आगालागी भएको हो। प्रहरी र दमकलको सहायतामा आयो नियन्त्रणमा लिइएको थियो।

 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार होटलका सञ्चालक टीकाराम बस्नेतसहित ६ जना घाइते छन्। उनीहरूलाई भक्तपुरस्थित डा। ईवामुरा अस्पताल र मध्यपुर ठिमी अस्पताल लगिएको छ।
घाइतेहरू होटल सञ्चालक दोलखा सैलुङ गाउँपालिका(६ घर भई सूर्यविनायक(४ दधिकोट बस्ने ३९ वर्षीय बस्नेत, उनका आफन्त काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीय गीता कार्की छन्।

यस्तै होटलमा रहेका झापा बुद्धशान्ति गाउँपालिका(२ घर भई भक्तपुर सल्लाघारी बस्ने आदित्य सुवेदी, सूर्यविनायक(५ बस्ने १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा घाइते छन्।
उनीहरूलाई सबैलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाइएको उनले बताए।