सुरु भयो गैँडा गणना, २० दिन लाग्ने

maitrinews

 

चितवन । चितवनमा एक सिङे गैँडाको गणना सुरु भएको छ ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ सुुरु भएको हो ।
गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुन लागेको हो ।

चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ । यी दुई निकुञ्जमा आजदेखि तथा बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७ गतेदेखि र शुक्लाफाँटामा चैत्र १९ गतेदेखि गणना सुरु हुँदैछ ।

दुई निकुञ्जमा गैँडा गणना गर्न कम्तीमा २० दिन लाग्ने अनुमान छ । चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ ।

यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । २०१५ को गणनामा नेपालमा कुल ६४५ गैँडा थिए । चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा छन् ।